२०८१ बैशाख १४ , शुक्रवार

भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य सूची, नेपालमा के हुन्छ ?

सुनाखरी न्युज/ काठमाडौं –
भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको छ ।

 

इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो । नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।

 

 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर १०० डलर प्रतिब्यारेलमा आइपुगेपछि नयाँ मूल्यसूची घटेर आएको हो । भारतबाट मूल्य घटेर आए पनि नेपाली बजारमा घटाउनेबारे कुनै छलफल नभएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।