२०८१ बैशाख १४ , शुक्रवार

११ करोड बोरा विक्रि गर्दै शिवम् नेपालकै सर्वाधिक विक्रि हुने ओ.पि.सि. सिमेन्ट बन्न सफल

सुनाखरी न्युज/ काठमाडौं –

नेपालकै प्रतिष्ठित एवम् अग्रणी ओ.पि.सि सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्रि गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओ.पि.सि सिमेन्ट बन्न सफल भएको छ ।

 

शिवम् सिमेन्टले स्थापना काल देखिहाल ०७९ असार मसान्त सम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओ.पि.सि. सिमेन्ट विक्रि गर्ने उद्योग बन्न सफल भएको हो । शिवम् सिमेन्ट एकमात्रओ.पि.सि उत्पादनगर्ने नेपालकै असलीओ.पि.सि सिमेन्ट हो । ओ.पि.सि मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापना कालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन्गरिएको उच्च कोटीको चुनढुङ्गाबाट गुणस्तरीयओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ ।

 

उत्पादन समय देखिनै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपालना पतौल तथा गुणस्तर विभागबाट एन. एस. क्वालिटी अवार्ड–२०१९९प्रथमबाट पुरस्कृत भएको थियो ।शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ ।

 

व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ । नेपालकै एक मात्र असलीओ.पि.सि.सिमेन्टको उपनामबाट समेत परिचीतशिवम् सिमेन्टलाई ग्राहकहरूले दिनु भएको साथअनिउहाँहरूले गर्नु भएको विश्वास र भरोसाले गर्दा नै आज सर्वाधिक बिक्री हुने ओ.पि.सि.सिमेन्टको सुचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

 

यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थपउचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ । “भरोसा अटुट सम्बन्धको”,“त्तगबष्तिथको मामलामाल्य“गुणस्तरको पहिचानहो शिवम्”तथा“गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुलनाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

 

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादनतथाबिक्रीवितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असलीओ.पि.सि.सिमेन्ट बन्न सफल भएको हो । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवातथा सुविधा दिदैँ आएको छ ।