२०८१ बैशाख १४ , शुक्रवार

सुनको मूल्य घट्यो , चाँदीको मूल्य बढ्यो

सुनाखरी न्युज / काठमाडौं नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको पछिल्लो मूल्यसूचीअनुसार आज सुन तोलामा दुई सयले घटेको हो ।

छापावाल सुनको आजको बजार मूल्य ९३ हजार ६०० प्रतितोला कायम भएको छ। यस्तै तेजाबी सुनको बजार मूल्य ९३ हजार १०० प्रतितोला कायम भएको छ।

यस्तै महासङ्घका अनुसार आज चाँदीमा भने पहिलेको भन्दा १५ रुपैयाँ वृद्धि भएको छ। चाँदी आज तोलामा एक हजार १६० रुपैयाँ कायम भएको छ।