२०८१ बैशाख १४ , शुक्रवार

भिभो वाई२० को मूल्य घट्यो, अब मात्र रु.२०,९९९ मा

सुनाखरी न्युज/ काठमाडौं । भिभोले आफ्नो प्राविधिक र नवीन उत्पादनहरूमार्फत प्रयोगकर्ताहरूको जीवनशैलीलाई अभिवृद्धि गर्न निरन्तर विकास गर्दै आइरहेको छ ।

भिभोले आफ्ना उत्पादनहरू सबैका लागि पहुँचयोग्य बनाउँन ग्राहकहरूलाई समय–समयमा विभिन्न अफरहरू र चाडपर्व सेल्सहरु प्रदान गर्छ । यसले गर्दा प्रयोगकर्ताहरुबाट भिभोले धेरै माया र समर्थन पाइरहेको छ । यसका साथै, ब्रान्डले आफ्ना उत्पादनहरूमा ग्राहकहरूको आवश्यकता अनुरूप समय–समयमा मूल्य परिमार्जन गर्दछ । ग्राहकको आवश्यकता पूरा गर्दै, भिभोले हालै आफ्नो वाई सिरिजको स्मार्टफोन, वाई२० सिरिजको ४जीबी प्लस ६४जीबी भेरियन्टमा १८०० ले मूल्य घटाएको छ ।

यो स्मार्टफोनको नयाँ मूल्य रु २०,९९९ रहेको छ । सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकहरूले अब स्लिम र ट्रेन्डी वाई२० खरिद गरेर भिभोको उत्कृष्ट विशेषताहरु र प्रविधिहरूको आनन्द लिन सक्छन् । वाई २० मा १३ एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा र २एमपी म्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ । अपग्रेड गरिएको बोकेह टेक्नोलोजीसँग सुसज्जित, २एमपी बोकेह क्यामेराबाट प्रयोगकर्ताहरूले स्टुडियो गुणस्तरको तस्वीरहरु खिच्न सक्छन् । वाई२० मा फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट, पीडिए टेक्नोलोजी र फिल्टरहरू लगायत धेरै क्यामेरा विशेषताहरु पनि छन् ।

यसको साथै, वाई२० मा ५०००एमएएच सुपर क्षमताको ब्याट्री र १० वाट फास्ट चार्ज प्रविधि रहेको छ । एआई पावर बचत टेक्नोलोजीको साथ, एकपटक चार्ज गरेपछि २० घण्टासम्म फिल्म हेर्न वा १० घण्टासम्म गेम खेल्न सकिन्छ । ४ जीबी र्याम र ६४ जीबी रोम भएको यो स्मार्टफोन गेमिङ र फोटोग्राफीमा रुचि राख्नेहरूका लागि उपयुक्त विकल्प हुन सक्छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर पनि छ जसले प्रयोगकर्ताहरूलाई छिटो स्मार्टफोन अनलक गर्न अनुमति दिन्छ ।

पर्फमेन्श ४ जीबी र्याम
६४ जीबी रोम
ब्याट्री ५०००एमएएच सुपर क्षमताको ब्याट्री
१० वाट फास्ट चार्ज प्रविधि
एआई पावर बचत टेक्नोलोजी
रियर क्यामेरा १३ एमपी रियर क्यामेरा
२ एमपी बोकेह क्यामेरा
२ एमपी म्याक्रो क्यामेरा
गुणस्तरीय फोटोग्राफी एआई ट्रीपल म्याक्रो क्यामेरा
फेशब्यूटी
पोट्र्रेट लाइट इफेक्ट
फिल्टर
पिडिए टेक्नोलोजी
परिस्कृत अनुभव ६.५१ इन्च हलो फुल भ्यू डिस्प्ले
आई फ्रोटेक्शन मोड
मल्टि टर्बो ३.०
साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर
मूल्य रु २०९९९