२०८१ बैशाख १४ , शुक्रवार

आज डलरको भाउ हालसम्मकै उच्च

सुनाखरी न्युज/ काठमाडौं –

अमेरिकी डलरको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबार असार ३१ गते (१५ जुलाई २०२२) मा डलरको मूल्य पुनः नयाँ उचाइमा पुगेकेा हो ।

शुक्रबारको लागि १ अमेरिकी डलरको १२८ रुपैयाँ ११ पैसा पुगेको नेपाल राष्ट्र बैकले जनाएको छ । यस्तै खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा रहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा थप कमजो बन्दा त्यसको प्रभाव नेपाली मुद्रमा पनि परेको छ । नेपाली र भारतीय मुद्रामा स्थिर विनिमय दर रहेको छ । जसले गर्दा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्ने गर्दछ ।

 

असार १६ मा १२६ रुपैयाँ ६६ पैसा रहेको डलरको मूल्य २० असारमा १२६ रुपैयाँ ६३ पैसामा झरेको थियो । त्ययता पनि केही घटबढ हुँदै असार ३० गते १२७ रुपैयाँ ७२ पैसामा कारोबार भएको डलर पहिलो पटक १२८ रुपैयाँ पुगेको हो ।