२०८१ बैशाख १४ , शुक्रवार

गठबन्धनबाट उपसभामुख पदमा पुष्पा भुसालको मनोनयन दर्ता

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले सत्ता गठबन्धनको तर्फबाट उपसभामुख पदमा उम्मेदवार मनोनयन दर्ता गराएकी छिन् ।

 

भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरीको रहेका छन् । यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्।

 

२०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्। भने यता नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइसकेको छैन ।