२०८१ बैशाख १४ , शुक्रवार

माओवादी अध्यक्ष प्रचण्ड भोलि दुई दिने भ्रमणमा भारत जांदै

सुनाखरी न्युज / काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन । शुक्रबार दिउँसो प्रचण्ड भारत गएर साउन १ गते फर्कने कार्यक्रम तय भएको छ ।

शुक्रबार प्रचण्ड भारत जान लागेको माओवादीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । तर त्यहाँको राजनीतिक भेटघाटबारे भने तय भइनसकेको उनले बताए । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार १ बजे दिल्ली जान लागेका हुन् ।

उनि दुई दिने भ्रमणका लागि दिल्ली जान लागेका हुन् । प्रचण्डको भ्रमणको तयारीका लागि दाहालपुत्री गंगा दाहालले केही दिनअघि दिल्लीको भ्रमण गरेकी थिईन । नवनियुक्त भारतिय राजदूत नवीन श्रीवास्तवले भाजपा अध्यक्ष नड्डाको निम्तो केही दिनअघि दाहाललाई हस्तान्तरण गरेका थिए ।

माओवादीका अर्का एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्ड राजनीतिक भेटघाटमा जान लागेका हुन् । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नडडाको निमन्त्रणामा अध्यक्ष प्रचण्ड दिल्ली जान लाग्‍नु भएको हो । ती स्थायी कमिटी सदस्यले इकागजसँग भने नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता हुनेछ ।

भाजपाको पोलिटिकल लिडर समिटुमा प्रचण्ड जान लागेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उक्त कार्यक्रम शनिबार हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि दिल्ली भ्रमणमै छिन् । त्यसो त दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनको चासो नेपालमा बढिरहेको छ । अमेरिका र चीनका मन्त्रीहरू नेपाल आएर फर्किसकेका छन ।