२०८१ बैशाख १४ , शुक्रवार

कोरोना भाईरसको संख्या बढ्दै, एकै दिन २००६ पुग्यो,४५ जना संक्रमणमुक्त

सुनाखरी न्युज/ काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २ सय ६ पुगेको मन्त्रालयले जनाएको छ ।

दुई हजार ८२ पीसीआर परीक्षणमा १ सय ७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ५ पुगेको छ भने पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।