२०८१ बैशाख १४ , शुक्रवार

स्रोत नखुलेको २० लाख नगद सहित २ जना पक्राउ

सुनाखरी न्युज/ पर्सा –

वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र रहेका छन् । बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।