२०८१ बैशाख १४ , शुक्रवार

कोरोना अपडेट : थपिए एकै दिन १७७ जना कोरोना संक्रमित, मृतकको संख्या शुन्य

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

 

३ हजार १ सय २६ जनाको परीक्षणमा १ सय ७७ जनामा कोरोना संक्रमण भएको पुष्टि हो । जसमध्‍ये १ हजार ८ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४४ जना र १ हजार ३२ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण भएको हो। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको जम्मा संख्या ८ सय ७३ पुगेको छ ।

 

त्यस्तै, पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् भने मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको हो।