२०८१ बैशाख १४ , शुक्रवार

नेप्सेमा दोहोरो अंकको सुधार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार दोहोरो अंकको सुधार भएको छ । सोमबार उच्च अंकको गिरावट भएको नेप्सेमा आज नेप्से ११.४७ अंकले बढेर एक हजार ९ सय २७ दशमलब २८ विन्दुमा पुगेको हो ।

 

त्यस्तै, आज नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा एक अर्ब ७० करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार दुई अर्ब भन्दा बढीको कारोबार भएको छ । आज कारोबार भएका ११७ कम्पनीको शेयरमूल्य बढेको छ भने २२२ कम्पनीको शेयरमूल्य बढेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सप्तकोसी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता २३४ रुपैयाँ पुगेको छ भने एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको ८.२२ प्रतिशतले बढेर प्रतिकित्ता ५०४.५० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार नयाँ सारथी लुघवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज ७ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको छ ।