२०८१ बैशाख १५ , शनिवार

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बाट जिल्ला प्रहरी कार्यालय कास्कीको निरिक्षण

सुनाखरी न्युज/ पोखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय कास्कीको निरीक्षण गर्नुभएको छ ।

 

प्रहरी नायव महानिरीक्षक जोशीलेले जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका बिषयमा निर्देशन गर्नुभएको छ । निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनता लाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरीकार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जिल्लाको सम्पुर्ण प्रहरी परिचालन, प्रहरी गतिविधी र शान्ती सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।