२०८१ बैशाख १४ , शुक्रवार

देशका केही भागमा भारी वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज (मंगलबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । देशको पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

मंगलबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।