२०८१ बैशाख १४ , शुक्रवार

नेपाल श्रीलंकाको बाटोमा छैन, तर सचेत हुनु जरुरी छ

किरण गिरी । नेपाल श्रीलंका को बाटोमा छैन , तर सचेत हुनु जरुरी छ । हाम्रा केहि उच्च घराना र राजनीतिक नेतृत्वमा बित्तीय अनुशासन भने आबश्य देखिन्छ ।नेपाल समुन्नति को बाटोमा अगाडि बढीरहेको सूचकांक हरु हामी संग छ्न :-

१.अहिले नै ६३४ मेगावाट बिजुली भारत निर्यातको सम्झौता छ । अहिले साढे ३ सय मेवा बिजुली बेचिदैछ । एक बर्षपछी १६०० मेगावाट बिजुली भारतलाई बेच्ने तयारी छ ।
२. सिमेन्ट निर्यात शुरु भैसकेको छ । बियर चाउचाउ लगायतका बस्तुको निर्यात पनि जारी छ। यार्सागुम्बा र जडिबुटीको माग त थेगिनसक्नु छ, त्यसको निर्यात जति पनि गर्न सकिन्छ ।
३.डलर संचिती निरन्तर बढीरहेको छ । अहिलेकै हिसावमा पनि ८ महिनाका लागि पुग्ने छ । यो भनेको सामान्य अवस्थासरह नै हो । यो सबै सकिए पनि IMF को लास्ट रिसोर्ट त बाकी नै रहन्छ ।
४.अबको दुई बर्षमा झन्डै २००० मेगावाट विद्युत उत्पादन थपिने पक्का छ । यसले प्रतिव्यक्ति आय र देशको जिडिपीमा कति योगदान दिन्छ त्यसको हिसाब छुट्टै छ ।
५. रेमिटेन्स आयात घटेको छैन । बरु युरोप र अमेरिकाबाट आउने रेमिटेन्स बढेको छ । लेबरको सट्टामा क्वालिटी मेनपावर सप्लाई बढेको छ । जापान,बेलायत र कोरियामा महङ्गो कामदार सप्लाई शुरु भएको छ ।
६. फजुल खर्चविरुद्धमा जनआक्रोश बढ्दो छ । प्रदेश संरचना खारेजीको बहस शुरु भैसकेको छ , यसको दिर्घकालिन निदान र समाधान खोजिनु आबश्यक देखिन्छ ।
७ स्थानीय तहमा बढ्दै गइरहेको आर्थिक अनियमितता र भ्रष्टाचार प्रति जन आक्रोश भने बढ्दै छ , यसबारे सबै राजनीतिक दल बेलैमा सुधारिनु अत्यावश्यक छ ।
गभर्नरदेखि शीर्ष नेताहरु सबै नेपाललाई श्रीलंका बनाउने हतारो छ । के उनीहरु आफै कालोमोसो दलेर बिदेश भाग्ने तयारी हो ?

उनीहरुको चाहना पूरा हुँदै हुदैन । नेपाल क्रमश: समुन्नति बाटोमा जादै छ । तथ्यहरु केलाउँदा पनि म चाहिँ आशावादी र बिश्वस्त छु केहि उच्च घराना र राजनीतिक नेताहरु बित्तीय अनुशासन मा बस्नु चाहिँ जरुरी छ । यो देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बिकास र समुन्नति को बाटोमा अगाडि बढ्ने छ ।

लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य हुन ।