२०८१ बैशाख १४ , शुक्रवार

सुनको मूल्य घट्यो

सुनाखरी न्युज/ काठमाडौं । सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रूपैयाँ तोकिएको छ ।

 

अघिल्लो दिन प्रतितोला २०० रुपैयाँ बढेर ९४ हजार ८०० रूपैयाँमा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला १०० रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २०० रूपैयाँ छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ३०० रूपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार १८५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । आइतबार पनि यहि भाउमा कारोबार भएको थियो ।