२०८१ बैशाख १४ , शुक्रवार

सोलुखुम्बुमा एक पुरुषको धारिलो हतियार प्रहारबाट मुत्यु

सुनाखरी न्युज/ काठमाडौं । सोलुखुम्बु । सोलुखुम्बुमा एक पुरुषको धारिलो हतियार प्रहारबाट मुत्यु भएको छ ।

 

जिल्लाको सोलु दुधकुण्ड नगरपालिका –५ का ५९ वर्षीय सुब्बा कामीको धरिलो हतियार प्रहारबाट मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आइतबार बिहान घरायसी बिवाद हुँदा पत्नीले प्रहार गरेको हतियारबाट पतिको मुत्यु भएको हो ।

 

पतिको टाँउको खुटा लगायतका ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । हत्या आरोपमा ५५ वर्षीया पत्नी बुधामाया कामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिनुभयो ।