२०८१ बैशाख १४ , शुक्रवार

कोरोना अपडेट : एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि, ३१ जना निको

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । ३ हजार ४५ जनाको परीक्षणमा १ सय २१ जनामा संक्रमण भएको हो ।

 

जसमध्‍ये १ हजार ७ सय जनाको पीसीआर परीक्षण गर्दा १ सय ४ जना र १ हजार ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको हो। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ सय ७१ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।

 

जसमध्‍ये ६ सय ६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइशोलेशन,७ जना आईसीयूमा र एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै,आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९ सय ५६ पुगेको छ ।