२०८१ बैशाख १४ , शुक्रवार

तपाईंले पठाएको इमेल पढियो कि पढिएन ? यसरी पत्ता लगाउनुहोस्

सुनाखरी न्युज/ काठमाडौं –

अहिलेको समयमा सबैजसो मानिसहरू आफ्नो कामसँग सम्बन्धित सवाल जवाफका लागि आधिकारिक रुपमा इमेलका प्रयोग गर्दछन् ।

ह्वाट्सएप जस्ता मेसेजिङ प्लाटर्फमबाट कसैलाई पठाएको सन्देश सम्बन्धित व्यक्तिले देख्यो/पढ्यो कि छैन ? भनेर सजिलै थाहा पाउन सकिन्छ । तर तपाईंले कुनै व्यक्तिलाई पठाएको इमेल सम्बन्धित व्यक्तिले खोलेर पढ्यो कि पढेन भनेर कसरी थाहा पाउने ?

 

कहिलेकाहीँ आफूले मेसेज पठाएको लामो समयसम्म पनि त्यसको जवाफ नआएको अनुभव तपाईंले गर्नुभएकै छ होला । सम्बन्धित व्यक्तिले इमेल प्राप्त गरिसकेपछि कुनै कारणवस त्यो इमेल हेर्न नपाउँदा त्यस्तो भएको हुनसक्दछ । त्यसैले आफूले पठाएको इमेल सम्बन्धित प्रापकले पढ्यो कि पढेन भनेर थाहा पाउनु निकै महत्वपूर्ण हुन्छ ।

 

जिमेलमा यसरी आफूले पठाएको इमेल प्रापकले पढे वा नपढेको थाहा पाउन सकिने ट्रिक छ । जिमेलमा पठाएको तपाईंको इमेल पढियो कि पढिएन भन्ने कुरा थाहा पाउनका लागि तपाईंले सबैभन्दा पहिले गुगलमा गएर MailTrack Extension टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि एउटा पेज खुल्दछ र त्यहाँ तपाईंले आफ्नो गुगल अकाउन्टको डिटेल्स हालेर MailTrack लाई एक्सेस दिनुपर्दछ ।

 

MailTrack इन्स्टल गरेपछि तपाईंले आफ्नो स्मार्टफोनमा जिमेल लगइन गर्नुहोस् । त्यसपछि Create Mail मा जानुहोस् । त्यसपछि इमेल पठाउने Send बटनको छेउमा रहेको मेन्यूमा क्लिक गर्नुहोस् । त्यहाँको ड्रपडाउन मेन्यूमा तपाईंले Incert from MailTrack को अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गरेर तपाईंले इमेल ट्रयाक छान्न सक्नुहुनछ । त्यसपछि तपाईंको सेटिंग्स एक्टिभेट हुनेछ ।

 

त्यसपछि तपाईंले मेलट्रयाकको ड्यासबोर्डमा आफ्ना इमेलहरू ट्रयाक गर्न सक्नुहुन्छ र जिमेलको मोबाइल भर्सनमा समेत इमेलको स्टाटस चेक गर्न सक्नुहुन्छ । स्मरण रहोस् इमेल ट्रयाक गर्नका लागि तपाईंले MailTrack को माध्यमबाटै रिप्लाई गर्नुपर्ने हुन्छ ।  एजेन्सी