२०८१ बैशाख १५ , शनिवार

नेप्सेमा दोहोरो अंकले वृद्धि, कारोबार एक अर्ब ८ करोडमा सिमित

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से १६.३२ अंकले बढेर दुई हजार २ सय १७ दशमलव १९ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज शेयर बजार बढेपनि कारोबार रकम भने खासै बढेको छैन ।

 

आज १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.९५ प्रतिशतले बढेर प्रतिकित्ता १३१६ रुपैयाँ पुगेको छ भने अप्पर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ५.५८ प्रतिशतले बढेर प्रतिकित्ता ५०८.९० रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ४ करोड ८४ लाख भन्दा बढीको कारोबार भएको छ ।