२०८१ बैशाख १४ , शुक्रवार

रिभर फल्स पावरको आईपीओ आज चार बजे बाँडफाँट हुदैं

सुनाखरी न्युज/ काठमाडौं –

रिभर फल्स पावर लिमिटेडको आईपीओ आज अपरान्ह ४ बजे बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट हुन लागेको हो ।

 

आईपीओको प्रि–अलोटमेण्ट भने गत शुक्रवारनै भैसकेको जानकारी विक्री प्रबन्धकले दिएको छ । कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । आईपीओ खरीदका लागि १८ लाख ३८ हजार ४३१ जना आवेदकहरुबाट रू. २ अर्ब ११ करोड ३२ लाख ९२ हजार बराबरको आवेदन परेको छ ।

 

कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको थियो ।  कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकिएको छ ।

 

सार्वजनिक निष्कासन मार्फत विक्री गरिएको शेयरको बाँडफाँट कार्याक्रम आजको लागि तय भएको हो । भाग्यमानी २ लाख ५३ हजार ८९० जना योग्य आवेदकहरुले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।