२०७९ श्रावण २७ , शुक्रवार

के तपाईं मङ्कीपक्स भाइरससँग चिन्तित हुनुपर्छ ?

सुनाखरी न्युज/ काठमाडौं –

महामारीबाट पूरा विश्व अहिलेसम्म बाहिर निस्कन नसकेको अवस्थामा अर्को एउटा नयाँ भाइरसको चर्चा सुरु भइसकेको छ । मङ्कीपक्स, दशकौंदेखि अफ्रिकी मानिसहरूमा सामान्य रहेको रोग हो तर अहिले विश्वका अन्य देशहरूमा पनि फैलिरहेको छ । विशेष गरी अमेरिका, क्यानडा र धेरै युरोपेली देशहरूमा यस्ता बिरामीहरु देखिन थालेका छन् ।

 

हालसम्म ११ देशमा ८० जनामा यो रोग देखिएको छ ।यो रोगको प्रकोप धेरै व्यापक नभए पनि कतिपय देशमा नयाँ संक्रमितले मानिसमा चिन्ता अवश्य पैदा गरेको छ । फेरि पनि के कारणले भाइरस सरेको हो भन्ने बारेमा धेरै जानकारी नआएको स्वास्थ्य अधिकारी बताउँछन्, तर सर्वसाधारण अहिले नै आत्तिहाल्नु पर्ने स्थिति नभएको विज्ञ बताउँछन् । यूके अफिस अफ पब्लिक हेल्थका राष्ट्रिय संक्रमण सेवाका उपनिर्देशक निक फिनले भनेका छन्, ‘मङ्कीपक्स मानिसबीच सजिलै फैलिँदैन भन्ने कुरामा जोड दिन महत्वपूर्ण छ र सर्वसाधारणका लागि यसको जोखिम निकै कम छ ।’

 

युनिभर्सिटी अफ साउथह्याम्प्टनमा विश्वव्यापी स्वास्थ्य समस्याबारे अनुसन्धान गर्ने वरिष्ठ अनुसन्धानकर्ता माइकल हेडले अहिलेको समयमा यो भाइरसको संक्रमण किन फैलिरहेको छ भन्ने बारे जानकारी निकै कम भएको बताउँछन् । तर कोरोनाभाइरसको महामारीमा जस्तै डराइहाल्नुपर्ने स्थिति नरहेको उनी बताउँछन् । साइन्स मिडिया सेन्टरमा बोल्दै उनले भने, ‘मलाई लाग्छ कि हरेक पटक यसका केही मात्रै संक्रमित देखिनेछन् । निश्चित रुपमा यो संक्रमण कोभिड जस्तो हुने छैन । ’ जब कोरोनाभाइरसको पहिलो संक्रमित भेटिएका थिए तब यसबारे केही पनि थाहा थिएन । मङ्कीपक्स एउटा रोग हो जसबारे धेरै अघिदेखि नै धेरै कुरा थाहा छ ।

 

यसका लागि भ्याक्सिन छन्, उपचार छ र पछिल्लो समय यो रोग फैलिएको अनुभव पनि छ । यो पनि ध्यानमा राख्नु पर्छ कि अब एपिडिमेयोलोजिक मोनिटरिङ एण्ड सर्भिलेन्स सिस्टम थप आधुनिक भएको छ र अब यो भाइरस पत्ता लगाउन र पहिचान गर्न पहिले भन्दा सजिलो भएको छ । जसको मतलब आगामी समयमा थप भाइरस र स्ट्रेनहरू पत्ता लाग्ने क्रम जारी रहनेछ । भाइरस त्यति खतरनाक नदेखिए पनि भाइरसले उत्परिवर्तन गरिरहने र त्यसका नयाँ स्ट्रेनहरू निस्कने भएकाले यसलाई रोक्नको लागि व्यापक प्रयासमा कमी गर्न विज्ञहरुको भनाइ छ ।

 

चिनेको भाइरस

जब विश्वमा कोभिड(१९ को प्रारम्भिक केसहरू देखा पर्न थाले, यो रोग कहाँ र कसरी आयो भन्ने ठूलो प्रश्न थियो । यद्यपि, कोभिड अपेक्षा गरेभन्दा कम समयमा पहिचान भएको थियो । धेरै सिद्धान्तहरूले यो जनावरबाट मानिसमा आएको बताउँछन्, तर यो कुन जनावर थियो, त्यसपछि कुनबाट मानिसमा आयो भन्ने बहसको विषय हो । अफ्रिकीहरू लामो समयदेखि मङ्कीपक्सबाट पीडित छन् ।

 

सन् १९५८ मा, यो पहिलो पटक बाँदरहरूमा पहिचान गरिएको थियो, जसको आधारमा यसलाई मङ्कीपक्स नाम दिइएको थियो । तर, अर्को अध्ययनले यो रोग बाँदरभन्दा पहिले कोतर्ने जनावरमा पाइएको देखाएको छ । युनिभर्सिटी अफ रिडिङका सेलुलर माइक्रोबायोलोजीका एसोसिएट प्रोफेसर साइमन क्लार्कले साइन्स मिडिया सेन्टरलाई भने, ‘मङ्कीपक्स पहिलो पटक सन् १९५० को दशकमा बाँदरमा भेटिएको थियो, तर १९७० को दशकसम्ममा यो मानिसमा फैलिएको थियो ।

 

यो अन्य जंगली जनावर जस्ता केही कोतर्ने खालको जनावरमा पनि पाइन्छ । ’ अन्वेषकहरूले भाइरसका दुई प्रकारहरू पहिचान गरेका छन्, मध्य अफ्रिकाको एउटा भेरियन्ट जसले रोगको बढी लक्षण देखाउँछ, र पश्चिम अफ्रिकामा पाइने अर्को भेरियन्ट जसले हल्का लक्षण मात्रै देखाउँछ ।

 

खोप र उपचार छ

यो भाइरसले दशकौंदेखि समुदायलाई असर गरिरहेको छ र यसका खोप र उपचार उपलब्ध छन् । किनकी बाँदरको भाइरस बिफर निम्त्याउने भाइरससँग धेरै मिल्दोजुल्दो छ, बिफरको खोप पनि दुवै रोगका लागि प्रभावकारी भएको पाइएको छ । युनाइटेड स्टेट्स सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सिडिसी) ले आफ्नो वेबसाइटमा मङ्कीपक्स संक्रमणको लागि हाल कुनै विशेष उपचार उपलब्ध नभएको तर औषधिद्वारा यसको फैलावट नियन्त्रण गर्न सकिने बताएको छ ।

 

बजारमा पहिले नै मङ्कीपक्समा प्रयोगको लागि अनुमोदित र रोग विरुद्ध प्रभावकारी औषधिहरू उपलब्ध छन् । उदाहरण को लागी, सिडोफोविर, एसटी–२४६ र भ्याक्सिनिया इम्युनोग्लोबुलिनको प्रयोग मङ्कीपक्सको संक्रमणमा प्रयोग गरिन्छ । एक बहु-राष्ट्रिय रूपमा अनुमोदित खोप, JYNNEOSTM​ पनि उपलब्ध छ । यसलाई इम्वाम्यून वा इम्वेनेक्सको नामले पनि चिनिन्छ । यो खोप डेनमार्कको औषधि कम्पनी बाभेरियन नर्डिकले बनाएको हो ।

 

अफ्रिकामा यसको प्रयोगको बारेमा पछिल्लो तथ्याङ्कले यो मोन्कीपक्सलाई रोक्न ८५ प्रतिशत प्रभावकारी भएको देखाएको छ । यसबाहेक, ACAM2000​ नामक बिफरको खोप छ । यो खोप पनि मङ्कीपक्स बिरूद्ध पनि प्रभावकारी हुने स्वास्थ्य अधिकारीहरुको विश्वास छ । यो भ्याक्सिन सन् २००३ मा अमेरिकामा यो भाइरसको प्रकोप हुँदा प्रयोग गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठनले पनि बिफरको खोप लगाइएका मानिसहरू मङ्कीपक्स भाइरसबाट धेरै हदसम्म सुरक्षित हुने बताएको छ ।

 

यद्यपि, धेरै देशहरूमा यो खोप लगभग ४० वर्ष पहिले बन्द गरिएको थियो किनभने ती देशहरूबाट बिफर रोग उन्मूलन भइसकेको थियो । अधिकांश देशहरूमा भ्याक्सिनहरू हाल १८ वर्ष भन्दा माथिका मानिसहरूका लागि मात्र छन्, जसमाथि यो रोगको जोखिम अत्यधिक भएको मानिँदै छ । युके हेल्थ प्रोटेक्शन एजेन्सीले मङ्कीपक्स भ्याक्सिन संक्रमण हुनु अघि र पछि दुवै प्रयोग गर्न सकिने बताएको छ ।

 

धेरै संक्रमण छैन

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले अन्य संक्रामक रोगहरूजस्तै मङ्कीपक्स मानिसमा सजिलै नसर्ने बताएको छ । पछिल्लो पटक जब यो रोगको संक्रमण फैलिएको थियो, संक्रमित व्यक्तिबाट भाइरसको औसत संक्रमण शून्यदेखि एक व्यक्तिको बीचमा थियो । त्यसैले यो भाइरसमा संक्रमण फैलिने स्तर निकै कम रहेको छ । युएस आर्मी मेडिकल रिसर्च इन्स्टिच्युट फर इन्फेक्सियस डिजिजका जे हूपरले एनपीआरलाई यस रोगको रिपोर्टमा भनेको छ, ‘अधिकांश अवस्थामा, बिरामी व्यक्तिले कसैलाई पनि संक्रमित गर्दैनन् ।’

 

युनिभर्सिटी अफ साउथह्याम्प्टनका प्रमुख डा। का अनुसार संक्रमित व्यक्तिबाट संक्रमण फैलिनको लागि छालादेखि छालाको सम्पर्क आवश्यक हुन्छ ।डब्लुएचओका अनुसार सामान्य जनसङ्ख्यामा मङ्कीपक्सको मृत्युदर ० देखि ११५ सम्म र साना बालबालिकामा बढी हुन्छ । एक व्यक्ति संक्रमित व्यक्ति वा संक्रमित जनावरको नजिकको सम्पर्कमा आउँदा मङ्कीपक्स सर्छ ।

 

यसअघि पनि यो रोग धेरै पटक फैलिसकेको छ

मङ्कीपक्सको पहिलो मानव केस सन् १९७० मा कंगो गणतन्त्रमा रिपोर्ट गरिएको थियो, र त्यसपछि यो संक्रमण मध्य र पश्चिम अफ्रिकाका धेरै देशहरूमा आवधिक रूपमा फैलिएको छ । अफ्रिका बाहिर मङ्कीपक्सका केसहरू विरलै देखिए पनि हालैका वर्षहरूमा अमेरिका, बेलायत, इजरायल र सिंगापुरमा घटनाहरू रिपोर्ट गरिएका छन् । हाल बेलायतमा यस रोगका केसहरू रिपोर्ट गरिएको छ, तर यसअघि पनि सन् २०१८, २०१९ र २०२१ मा बेलायतमा यस रोगका केसहरू देखिएका थिए । पहिले अफ्रिकाबाट बाहिर भेटिएका संक्रमितहरुको संख्या निकै कम थियो ।

 

विगतका अनुभवहरूले स्वास्थ्य अधिकारीहरूलाई यो भाइरसको बारेमा जानकारी मात्र दिएका छैनन् तर यसलाई कसरी रोक्ने भनेर पनि सिकाएको छ। यद्यपि, धेरै देशका स्वास्थ्य एजेन्सीहरू आफूहरूले यो भाइरसद्वारा संक्रमितहरुलाई निकै नजिकबाट निगरानी गरिरहेका छन् । यकिन तथ्यांक नआएसम्म यो भाइरसको प्रकोप पछिल्लो पटकको जस्तै हल्का हुने हो कि होइन भन्न सकिने अवस्था छैन । अफ्रिका बाहिरका अन्य देशहरूमा मङ्कीपक्सका यति धेरै केसहरू पहिले कहिल्यै देखिएका थिएनन् । अफ्रिकाबाट संक्रमित व्यक्ति प्रभावित देशहरूमा गएको तथ्यसँग पनि कुनै उचित सम्बन्ध छैन । (यो जानकारी बीबीसीको स्पेनिस सेवाबाट लिइएको हो)