२०७६ चैत्र २४ , सोमवार

सुरक्षा–अपराध

1

अति विपन्न घरपरिवार लाई राहत वितरण

सुनाखरी न्युज/ पोखरा - सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्विचोक पोखरा ले COVID-19अर्थात नोभेल कोरोना भाईरसको संक्रमणको बढ्दो प्रभावबाट आफ्नो रोजिरोटी गुमाई भोकै रहने स्थितीमा रहेका अति विपन्न घर परीवारलाई सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्विचोक पोखराले एक कार्यक्रमका बिच राहत वितरण गरेको छ । पोखरा महानगरपालिका वडा नं ९ स्थित रहेका अति विपन्न तथा स्थानीय सरकारको पहुँचमा....

Army-Spokesperson-Bigyan-Dev-Pandey

स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउने नेपाली सेनाको प्रतिकृया, सेनाले भन्यो टिकाटिप्पणीप्रति सचेत छौं

सुनाखरी न्युज/ काठमाडौं नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउने प्रतिकेया दिएको छ । सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मा संगठनलाई दिने निर्णयबारे भइरहेको टिप्पणीप्रति सचेत रहेको प्रक्रिया दिएको छ । साथै यो खरिद प्रक्रियालाई पारदर्शी बनाउने दाबी गरेको हो । सरकारले हालै मात्र कोरोना भाइरस ९कोभिड–१९०को रोकथाम तथा उपचारका लागि चाहिने स्वास्थ्य सामाग्रीहरु खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । तर यसको चौतर्फी आलोचना भइरहेको छ ।....

1585561566naka

नियन्त्रण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्रको टोली नै सेल्फ क्वारेन्टाइनमा

सुनाखरी न्युज/ कञ्चनपुर- कञ्चनपुरका ४१ वर्षीय एक नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानी अपनाएको छ। भारतको उत्तराखण्डबाट ती संक्रमित व्यक्ति गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए।....

5

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनमा कडाई

सुनाखरी न्युज/ काठमाडौं - कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडा बनाएको छ । शनिबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो । शनिबार एकैपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनलाई थप कडाइ गरेको हो । वैठकपछि....

सेवा नदिने स्वास्थ्य संस्थाबारे सरकारलाई सोध्यो सर्वोच्चले, आइतबार बजाफ दिनुपर्ने

सुनाखरी न्युज/ काठमाडौं - सेवा प्रदान गर्न इन्कार गर्ने स्वास्थ्य संस्थाविरुद्ध चालिएका कदमबारे जानकारी गराउन सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शुक्रबार एक आदेश जारी गर्दै उपचार सेवा प्रदान गर्न इन्कार गर्ने स्वास्थ्य संस्थाविरुद्ध मन्त्रालयले चालेका कदमलगायतका विवरण उपलब्ध गराउन आदेश दिएको हो ।....

Capture

कोभिड–१९ बारे सूचना तथा जानकारी दिन ‘नेपाल पुलिस मोबाइल एप’ को प्रयोग

सुनाखरी न्युज/ काठमाडौं- विश्वव्यापी महामारीको रुपमा देखिएको कोराना भाइरस (कोभिड-१९) बारे सूचना तथा जानकारी दिन नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ ।....

Nepalis-stranded-at-far-western-boder-points

सीमामा अलपत्र परेका नेपालीहरुको विचल्ली, तत्काल स्वदेश फर्काउन मानव अधिकार आयोगको आग्रह

सुनारखी न्युज/ काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रोजगारी, गाँस र बाँसको समस्या भई घर फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेशभित्र बस्न पाउने वातावरणको सिर्जना गर्न आग्रह गरेको छ ।....

lalitpur-police

कोरोना भाइरसको नियन्त्रणमा खटिने सेना–प्रहरी लगायतका सुरक्षाकर्मीलाई शतप्रतिशतसम्म भत्ता

सुनाखरी न्युज/ काठमाडौं- कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । कामको प्रकृति हेरेर शुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता देखि दैनिक तीन सय खाजा खर्च  दिने निर्णय १६ चैतको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना नियन्त्रणमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले भत्ता पाउनेछन् ।   यसैगरी पर्सनल प्रोटेक्सन इक्विपमेन्ट९पीपीई० लगाएर पेसेन्ट रिसिभिङ टिम (पीआरटी) मा काम गर....

Swastha Sewa Bibhag#

स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई, जी टू जीबाट ल्याइने

सुनाखरी न्युज/ काठमाडौँ — ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध गरेको सरकारले अब जी टू जी (सरकारबाट सरकारले) बाट सामाग्री खरिद गर्ने भएको छ । जी टू जीबाट सामान ल्याउने र यसको जिम्मा सेनालाई दिने भन्ने कुरा आएकाले हामीले प्रक्रिया अघि बढाएनौं, 'विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने, 'हिजो रद्द गरेपछि आज पुनस् नयाँ सूचना निकाल्न लागेका थियौं । तर, अब सबै सामान सेनाले नै खरिद गर्ने भन्ने जानकारी पाएपछि सूचना निकालेनौं ।' ....

CIAA#

स्वास्थ्य सामग्री खरिदमा अख्तियारले थाल्यो छानबिन, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ

सुनाखरी न्युज/ काठमाडौँ — स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ । बिहीबारदेखि उजुरीमाथि छानबिन थालेको अख्तियारले दिउँसो श्रेष्ठसँग अनौपचारिक रुपमा बयान लिएको हो । ....