२०७६ चैत्र २० , बिहिवार

शिक्षा

elementary_s

विद्यालयलाई एक महिनाको शुल्क मिनाह गर्न सरकारको निर्देशन

सुनाखरी न्युज/ काठमाडौँ — सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद् आइतबार बसेको  बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए।....

cc

कसरी बचाउने बालबालिकालाई कोरोनाभाइरसको संक्रमण हुनबाट ?

सुनाखरी न्युज /काठमाडौं- कोरोनाको सङ्क्रमण हुनबाट बालबालिकालाई  कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो । बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्ण्विकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान पु¥याउनुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताए ।....

recto

भुसाल त्रिवि रेक्टरमा नियुक्त

सुनाखरी न्युज/ काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) रेक्टरमा मानविकी तथा सामाजिक संकायका डिन प्राध्यापक शिवलाल भुसाल नियुक्त गरिएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार भुसाललाई रेक्टर नियुक्त गरेका हुन् ।....

Tribhuvan_University_Logo

त्रिवीको आजको परीक्षामा अनुपस्थित विद्यार्थीको परक्षि अव के हुन्छ ?

सुनाखरी न्युज/ काठमाडौँ —  त्रिभुवन विश्वविद्यालयले बिहीबार तीन विषयको परीक्षा लिएको छ । परीक्षामा ५ प्रतिशत विद्यार्थी अनुपस्थित रहेको र तिनलाई सम्बोधन गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।....

See

कोरोनाको कारण स्थगित एसईई परीक्षाका लागि छापिएका प्रश्नपत्र प्रहरीको सुरक्षामा

सुनाखरी न्युज/ काठमाडौँ - कोरोनाको प्रकोपका कारण एसईई परीक्षा स्थगित भएसँगै परीक्षाका लागि छापिएका प्रश्नपत्र प्रहरीको सुरक्षामा रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार परीक्षाका लागि छापिएका करिब ५१ लाख थान प्रश्नपत्र स्थानीय प्रहरी चौकी तथा प्रशासन कार्यालयहरूमा सुरक्षित रहेको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार परीक्षा स्थगित....

TU#

त्रिविको चैत ७ गतेदेखिका सबै परीक्षा स्थगित (विज्ञप्ति सहित)

सुनाखरी न्युज/ काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखिका सबै परीक्षा र पठनपाठन  स्थगित गरेको छ । विश्वविद्यालयको कार्यकारी कार्यकारी परिषद् बैठकले अर्को सूचना जारी नभएसम्मका लागि शुक्रबारदेखिका सबै परिक्षा र नियमित कक्षाहरु स्थगित गर्ने निर्णय गरेको त्रिवि सभा तथा कार्यकारी परिषद्का प्रवक्ता सूर्यप्रसाद अधिकारीले जानकारी दिए।....

Sunakhari News#

अन्तिम घडिमा एसईई स्थगित

  शिव दुवाडी/ काठमाडौँ — सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।   शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखेरलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको बताए।   त्यस्तै,उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले....

Govt#

चैत मसान्तसम्म विद्यालय र विश्‍वविद्यालय बन्द गर्ने सरकारी निर्णय, पूर्वनिर्धारित परीक्षा भने यथावत (विज्ञप्ति सहित)

शिव दुवाडी/ काठमाडौँ — सरकारले एक महिनाकालागि सम्पूर्ण शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरहेको प्रभाव बिश्वभरी फैलँदै गइरहेको वेला नेपालमा त्यसको अशर कम भन्दा कम परोस भन्ने उद्धेश्यले यस्तो निर्णय भएको हो ।....

एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी, एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण

सुनाखरी न्युज/ भक्तपुर- माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।....