२०७७ असार २६ , शुक्रवार

समाज

Taxi#

जिल्लाभित्र पुरानै भाडामा ट्याक्सी चलाउन पाइने

सुनाखरी न्युज काठमाडौँ — सरकारले काठमाडौं उपत्यका लगायत जिल्लाभित्र ट्याक्सी सञ्चालन खुला गरेको छ । छोटो दूरीका सार्वजनिक यातायातसँगै उपत्याकसहित अन्य जिल्लाहरुभित्र सञ्चालन हुने ट्याक्सी चलाउन दिने निर्णय गरेको भएको सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका छन् । सरकारले जोर बिजोर प्रणालीमा चल्ने निजी सवारी साधानमा पनि चालकबाहेक २ जनालाई सवार हुन पाउने पनि निर्णय गरेको छ । सरकारले जोरबिजोर प्रणालीमा चल्ने मोटरसाइकलमा चालकसहित दुईजना र बच्चा राख्न पाइने निर्णय गरेको छ । अ....

sarita giri#

सरिता गिरी सांसदबाट निष्कासित

सुनाखरी न्युज/ काठमाडौँ —  सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो ।   संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद सचिवालयले जनाएको छ । नयाँ नक्शालाई निशान छापमा समावेश गर्ने गरि गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्दा पार्टीको ह्विप नमानेको भन्दै समाजवादीले उनलाई ....

sindhupalchowk

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढीका कारण १८ बेपत्ता, २ शव फेला

सुनाखरी न्युज/ काठमाडौं- गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु¥याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।   राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले जानकारी दिए । बिहान ५ बजेबाट हरा....

Thakur Gyauwali Igp

‘प्रहरी कमजोर हुँदा शक्ति केन्द्रले रजगज गरे’

सुनाखरी न्युज/ काठमाडौं- नेपाल प्रहरीलाई कमजोर बनाएर शक्ति केन्द्रले रजगज गरेको प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बताएका छन् । ३० वर्षे सेवाअवधिका कारण बिहीबारबाट अवकाश पाउन लागेका ज्ञवालीले वैज्ञानिक वृत्ति विकास प्रणाली नभएकै कारण लामो अनुभव र दक्षता भएका अधिकृतले एकै पटक अवकाश पाउने गरेको र यसको फाइदा प्रहरीलाई मजबुद र एकढिक्का भएको देख्‍न नचाहने शक्तिले लिएको टिप्पणी गरे । महानिरीक्षक ज्ञवालीले सार्वजनिक रुपमै संगठन हस्तक्षेपको शिकार बन्‍न पुगेको बताउनाले प्र....

aajako rashifal

हेर्नुहोस कुन राशिका लागि कति फाइदाजनक दिन !

आजको राशीफल- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । अरुलाई दिएको आश्वासन पूरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला । अनाबश्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यायिक निर्णयहरु तपार्ईँकै पक्षम....

Thursday-Bishnu#

आज बिहिबार: विष्णु भगवानको पुजा गरे मनोकांक्षा पुराहुने बिश्वास

✍ सुनाखरी न्युज/ काठमाडौं- हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।   हेरौं, हप्ताको कुन बार कुन-कुन देवी-देवताको पुजा गरिन्छः १. आइतबार हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव ....

thumb

ट्याक्सी चलाउने व्यवस्था मिलाउन सरकारलाई विकास समितिको निर्देशन

सुनाखरी न्युज/ काठमाडौँ — विकास तथा प्रविधि समितिले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको  बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) ले तयार गरेको मापदण्डबमोजिम ट्याक्सी व्यवसाय सञ्चालनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । छलफलमा अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसी....

Taxi#

दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी

सुनाखरी न्युज/ काठमाडौं- सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो । मन्त्रिपरिषदको  मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्ने निर्देशन दिएका छन् । एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चाल....

Chitwan Medical College#

आफन्तले मृत्यु भयो भनिएका बिरामी निको भएर घर फर्किए

सुनाखरी न्युज/ चितवन- उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्। स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए। भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका हुन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड ग....

aajako rashifal

हेर्नुहोस कुन राशिका लागि कति फाइदाजनक दिन !

  आजको राशीफल- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धीहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिने....