२०७६ फाल्गुन १७ , शनिवार

राष्ट्रपति भण्डारीद्वारा पुनःनिर्माण भएका सम्पदाको अवलोकन (फोटो फिचरसहित)

राष्टपति भण्डारी

सुनाखरी न्युज/

काठमाडौं –

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गरेकी छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र ती निर्माणाधीन आयोजनाका प्रमुखले ऐतिहासिक संरचनाको हालसम्मको प्रगतिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले गोर्खा भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति र त्यसमा प्रयोग भएका सामग्रीेबारे चासोपूर्वक जानकारी लिइन्।

धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत रहेको छ भने काष्ठमण्डप र वसन्तपुर दरबारको उत्साहजनक ढङ्गबाट निर्माण भइरहेको छ। राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणका क्रममा काठमाडौँ महानगरका प्रमुख र उपप्रमुख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा मन्त्रालय तथा पूरातत्व विभागका उच्चपदस्थ अधिकृत सहभागी थिए। दरबार हाइस्कुल, काष्ठमण्डप र हनुमानढोका क्षेत्रमा राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणमा नेपालका लागि चीनका राजदूत हाउ यान्छी सहभागी थिइन्।

राष्टपति भण्डारी पुननिर्माण भएका सम्पदाको भ्रमण गर्दै ।

रानीपोखरीको निर्माणमा ६० प्रतिशत भएको छ भने दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा छ।
प्राधिरकणले भूकम्प पुनःनिर्माण गर्नुपर्ने लाभग्राहीको सङ्ख्या आठ लाख २७ हजार ५५० रहेकामा अनुदान सम्झौता भएका लाभग्राहीको सङ्ख्या सात लाख ७८ हजार ११७ रहेका छन्। त्यसमध्ये पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या सात लाख ७० हजार ७३६ रहेको छ।

राष्टपति भण्डारी

राष्टपति भण्डारी पुननिर्माण भएका सम्पदाको भ्रमण गर्दै । तस्विरः रासस

दोस्रो किस्ता भुक्तानी लिनेको सङ्ख्या छ लाख २७ हजार ७७० छ भने तेस्रो किस्ता पाँच लाख ३२ हजार ५३२ लाई भुक्तानी गरिएको प्राधिकरणले जानकारी दिएको छ। हालसम्म निजी आवास निर्माणको सङ्ख्या चार लाख ८२ हजार ७८५ छ भने ३८९ पुरातत्विक एवं सांस्कृतिक सम्पदा पुनःनिर्माण सम्पन्न भएका छन्।

तस्विरः रासस