२०७९ असार २० , सोमवार

सुनचाँदीको भाउमा निरन्तर वृद्धि

gold

सुनाखरी न्युज/ काठमाडौँ – नेपालको सुनचाँदी बजारमा आइतबार सुनको मूल्य २०० र चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज छापावाल सुनको मूल्य २०० ले बढेर ९४ हजार ६०० रुपैयाँ पुगेको छ ।

 

यस्तै तेजावी सुनको मूल्य प्रतितोला पनि २००ले नै बढेर ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसदिन चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन ९४ हजार ४०० रुपैयाँ तथा तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी शुक्रबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।शुक्रबार पहेँलो धातु सुन तोलामा ४०० र चाँदी १५ रुपैयाँले बढेको थियो ।

 

यसअघि कार्तिक २३ गते तोलामा २०० ले घटेयता सुनको मूल्य निरन्द्यतर बढिरहेको छ । २३ गते मंगलबारको तुलनामा आइतबार कायम सुनको मूल्य २ हजार ३०० रुपैयाँले बढी हो । यस अवधिमा चाँही ४५ रुपैयाँले बढेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको भाउ निर्धारण गर्दै आइरहेको छ ।