२०७९ असार २० , सोमवार

नेपाल सुनचाँदी व्यवसायी महासंघ, लुम्बिनी प्रदेश कार्यलयको उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं-
नेपाल सुनचाँदी व्यवसायी महासंघ, लुम्बिनी प्रदेशको कार्यलयको उद्घाटन तथा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम २०७८ कात्तिक २७ गते शनिबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेश राजधानी दाङ भालुवाङ्गको होटेल पौवामा सो कार्यक्रम सम्पन्न भएको हो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका बरिस्ठ सल्लाहकार प्रेम सेन्चुरी प्रमुख अतिथि तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका,लुम्बिनी प्रदेशका सभापति बुध्दि बहादुर दियालीको अध्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेश सचिव डिल बहादुर खातिले कार्यक्रम सञ्चालन गनुृभएको थियो । सो कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसाय महासंघ लुम्बिनी प्रदेशका पदाधिकारी एवं सदस्यहरू , लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला र नगर संघका अध्यक्ष एवं प्रतिनिधि को सक्रिय सहभागीतामा विभिन्न समस्या र समाधानका बिषयमा छलफल गरि सभ्य र भब्य रूपमा सम्पन्न भएको थियो।