२०७९ असार १८ , शनिवार

कानुन व्यवसायीको धर्ना छल्दै सर्वोच्च छिरे प्रधानन्यायाधीश चोलेन्द्र

सुनाखरी न्युज/ काठमाडौं – नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका छन् ।

 

जबरा विगतको दिनभन्दा केही ढिला गरी महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका हुन् । उनी अर्को गेटबाट सर्वोच्च छिरेपछि आन्दोलनकारी अधिवक्ताहरू जिल परेका छन् ।

 

जबरा १० बजेर ५२ मिनेटमा अदालत प्रवेश गरेका थिए । बारको विरोधलाई मध्यनजर राखेर सर्वोच्च अदालत प्रवेश गर्ने दुवै गेटमा कडा सुरक्षा व्यवस्था गरिएको थियो । बारबाट सर्वोच्च प्रवेश गर्ने गेट पनि बन्द गरिएको थियो । सर्वोच्च अदालतबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।