२०७९ असार १८ , शनिवार

स्वीट्जरल्याण्डद्वारा नेपाललाई १ लाख ४४ हजार डोज खोप सहयोग

सुनाखरी न्युज/ काठमाडौं-
नेपाललाई  स्वीट्जरल्याण्डले १ लाख ४४ हजार डोज एस्ट्रेजेनेका खोप सहयोग गरेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई कोभ्यास सुविधाअन्तर्गतको खोप हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै स्विस राजदूत एलिजावेथ भोन केप्लरले नेपाल र स्वीट्जरल्याण्डबीचको ६२ वर्षे मित्रता र एकताको भावनालाई यस खोपले प्रतिनिधित्व गरेको बताइन् । ‘यस्तो समयमा हामीले हामी एकजुट छौं र संकटबाट निस्कनका लागि एकअर्कालाई सहयोग गर्नसक्छौं भन्ने बुझ्यौं । यो खोपले नेपालीको जीवन जोगाउने मात्रै नभएर नेपालको आर्थिक–सामाजिक जीवनमा सुधार ल्याउन पनि भूमिका खेल्छ,’ उनले भनिन्,‘विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) , गाभी, सिईपीआई, युनिसेफ र नेपाल सरकारको सहकार्यमा यो उपलब्धि हासिल भएको छ ।’