२०७९ असार १८ , शनिवार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध ६ विद्यार्थी संगठन, फिर्ता नभए विरोध कार्यक्रम गर्ने चेतावनी

सुनाखरी न्युज/ काठमाडौं-
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई ज्ञापनपत्र बुझाएर ६ विद्यार्थी संगठनले  पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन समेत माग गरेका छन्। ज्ञापनपत्र बुझाउनेमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, जसपानिकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रूपनारायण श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपानिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका देवेन्द्र कुँवर छन्।

‘नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैयाँ, डिजलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकता प्रति गैरजिम्मेवार बनेको तथ्यप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले फिर्ता नलिए कात्तिक २६ गते बिहान ९-११ बजे आयल निगमका महाप्रबन्धक लगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने कात्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २स्०० बजे खाली सिलिन्डर प्रदर्शन गर्ने चेतावनी विद्यार्थी संगठनहरूले दिएका छन्।

त्यस्तै, कात्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखी विरोध गर्ने र मंसिर २ गते २ बजे माइतीघर मण्डलमा सडक बहस गर्ने उनीहरूले जनाएका छन्।