२०७९ असार १८ , शनिवार

हरिबोधनी एकादशीको दिन शिवपुरीको थानापती मन्दिरमा मेला हुने

प्रवीण थपलिया/ नुवाकोट – हरिबोधनी एकादशीको अवसरमा शिवपुरीको थानापती मन्दिरमा मेलाको आयोजना हुने भएको छ । थानापती दामचन्द्र माला मन्दिर व्यवस्थापन समितिको आयोजनामा कार्तिक २९ गते ठुलो एकादशीको दिन भव्य मेलाको आयोजना गरिने भएको हो ।

 

शिवपुरी आठको थानापती मन्दिरबाट बावियोको डोरीमा वनाएको फूलको तोरण बाजा गाजा भजन कृतन सहित लिखु गाउँ पालिकाकाको राक्सेश्व ब्रहमनाल स्थित लिखु नदिको किनारमा लगेर टांगिने यसै दिन राती थानापती मन्दिरमा लाखवत्ती बाल्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्। हरिबोधीनी एकादशीको दिनब्रत बसेर बावियोको डोरीमा बनाएको फूलको तोरण नदिमा लगेर तार्दा मनोकामना पूरा हुने धार्मिक मान्यता रहि आएको छ ।

पिता पुर्खा देखि चल्दै आएको फूल तार्ने संस्कृति लोप हुने अवस्थामा पुगेकोले मेलाको आयोजना गर्न लागेका मन्दिर व्यवस्थापन समितिको अध्यक्ष पदमबहादुर थपलियाले वताउछन्। आफ्नो सस्कृतिको जगेर्ना गर्न उक्त मेलामा उपस्थित भइ फूल तार्ने कार्यक्रममा प्रत्यक्ष सहभागी हुन सम्मपूर्ण देशवासी दाजु भाई दिदी बहिनीहरुमा मेला आयोजक समितिद्वारा अनुरोध गरिएको छ। राक्सेश्वमा पिता पुर्खा देखि नै एकादशीमा स्नान गर्ने , वावियोको डोरीमा फूलको तोरण वनाएर टाङ्गने , भजन कृतन गर्नेहरुको घुँईचो लाग्ने गरेको स्थानीयहरू बताउछन्।

 

यस वर्ष पनि कात्तिक शुक्ल एकादशीका दिन सोमबार हरिबोधनी एकादशी मनाइँदैछ । भ्गवान विष्णुको पुजाआजासहित ब्रत बसेर एकादशी मनाउने गरिन्छ । यस एकादशीमा तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर तुलसीको विवाह गरिदिने चलन छ । ब्रतबस्ते ब्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायतका फलफूल खाने गर्दछन् ।एकादशीको भोलिपल्ट नयाँ चामल चढाएर न्वागी खाने चलन छ ।