२०७९ असार १७ , शुक्रवार

नेप्सेमा सामान्य अंकको बृद्धि

nepse

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकको बृद्धि भएको छ । नेप्से आज ५.२२ अंकले बढेर दुई हजार ८ सय ४८ दशमलब ८४ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज नेप्सेमा ६ अर्ब ५५ करोड ३० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका पाँच समूह बाहेक अन्य सबै समूह बढेका छन् । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने महालक्ष्मी विकास बैंक, साहस उर्जा कम्पनी र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

 

त्यस्तै, आज छ्याङदी हाइड्रोपावरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंक भएको छ । यस बैंकको आज एक अर्ब १७ करोड भन्दा बढीको कारोबार भएको छ ।