२०७९ असार १८ , शनिवार

एनआईबिएल सहभागिता फण्डमा धनतेरसको अवसरमा विशेष योजाना

सुनाखरी न्युज/ काठमाडौं – एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले यस वर्षको धनतेरसको अवसरमा लगानीकर्ताहरुलाई नेपालकै पहिलो खुलामुखी योजाना एनआईबिएल सहभागिता फण्डमा लगानी गरी चाँदिको सिक्का उपहारमापाउने अवसर ल्याएको छ ।

सो योजना अन्र्तगत धनतेरसको दिन एनआईबिएल सहभागिता फण्डमा लगानी गरेका योग्य सहभागिहरुबाट गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गरिनेछ र सो को विजेता घोषणा Facebook Live मार्फत गरिनेछ ।

अनलाईन प्रणालीबाट समेत इकाई खरिद गर्न मिल्ने यस फण्डले सो दिनको (कार्तिक १६, २०७८)लागी कारोबारको समय पनि ३ घण्टाले थप गरी बिहान १०ः०० बजे देखि अपरान्ह ०५ : ०० बजे सम्म इकाईहरु खरिद गर्न मिल्ने व्यवस्था मिलाईएको छ । लगानीको लागि शुभ दिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुभारम्भ गर्न कम्पनीले अपील गरेको छ ।