२०७९ असार १८ , शनिवार

नेप्सेमा दोहोरो अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं – शेयर बजारमा साताको दोस्रो दिन गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ ।

सोमबार नेप्से सूचकांक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८ सय १९ दशमलब ८७ विन्दुमा आएको छ । सोमबार ७ अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भएर कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार दोहोरो अंकले बजार घट्दा पनि मानुसी लघुवित्त, साहास उर्जा र पाँचथर पावरका लगानीकर्ताले भने कमाएका छन् ।

मानुसी लघुवित्तको शयेरमा १० प्रतिशतको वृद्धि भएको छ भने साहास उर्जाको शेयरमा ९ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ । त्यस्तै, पाँचथर पावरको शेयर पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।