सुनाखरी न्युज/ काठमाडौं ।
शेयर बजारमा यो साताको पहिलो कारोबार भएको दिन ाइतबार ५५ दशमलव ५० अंकको शुधार भएर नेप्से परिसूचक ३८ सय ३७ दशमलव ६२ अंकमा पुगको छ ।
गत साता देखि नै निरन्तर बढेको बजारमा आज १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर किनबेचवाट ७ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । यसदिन बैंकिङ वाहेक सवै समूहको परिसूचक बढेको छ ।
विकास बैंक, होटल, जलविद्युत र उत्पादनमूलक समूहका लगानीकर्ताले यसदिन बढी कमाएका छन् ।