२०७८ माघ ७ , शुक्रवार

फेसबुकको नाम परिवर्तन गरी ‘मेटा’ कायम

सुनाखरी न्युज/ काठमाडौं – फेसबुकले आफ्नो रिब्राण्डको रुपमा कर्पोरेट नाम परिवर्तन गरेर मेटा राखेको छ। कम्पनीले भर्चुअल रियालिटीमा आफ्नो पहुँच बढाउँन कम्पनीलाई रिब्राण्ड गरेको जनाएको छ । कम्पनीकाअनुसार यसले सामाजिक सञ्जालभन्दा बाहिर भर्चुअल रियालिटी (VR) जस्ता क्षेत्रमा आफ्नो पहुँच फराकिलो बनाउँछ।

 

फेसबुकले आफ्नो मुख्य कम्पनी अर्थात प्यारेन्ट कम्पनीको नाम मात्र परीवर्तन गरेको हो। यो परिवर्तन फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप जस्ता व्यक्तिगत प्लेटफर्महरूमा लागू हुँदैन् । अब फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, व्हाट्सएप, ओकुलस लगायतका फेसबुकका प्रडक्टहरु मेटा नामक कम्पनी अन्तर्गत संचालन हुनेछन् । यो कदम सुरक्षा र यसको प्रयोगको विषयमा प्रश्न उठिरहेको बेला फेसबुकले चालेको हो । एक पूर्व कर्मचारीद्वारा लीक कागजातहरुको आधारमा फेसबुकको बारेमा नकारात्मक चर्चाहरु पछिल्लो समय धेरै आएका छन् । फ्रान्सिस हाउगेनले कम्पनीलाई “सुरक्षामा नाफा” राखेको आरोप लगाएकी छिन्।

सन् २०१५ मा गुगलमाथि पनि यस्तै सुरक्षाको प्रश्न उठिरहेको बेला गुगलले पेरेन्ट कम्पनी बनाएर त्यसको नाम अल्फावेट राखेको थियो । फेसबुकले पनि सोहि शैलीमा पेरेन्ट कम्पनी बनाएर मेटा नाम राखेको बताईएको छ। फेसबुकका संस्थापक तथा सिईओ मार्क जुकरबर्गले नयाँ नाम घोषणा गर्दै उनले “मेटाभर्स” निर्माण गर्ने योजनाको अनावरण गरे । मेटाभर्सलाई एक अनलाइन संसार मानिन्छ जहाँ मानिसहरूले प्राय: भीआर हेडसेटहरू प्रयोग गरेर भर्चुअल वातावरणमा खेल, काम र कुराकानी गर्न सक्छन्। उनले भने, “अवस्थित ब्रान्डले हामीले आज गरिरहेका सबै कुरालाई सम्भावित रूपमा प्रतिनिधित्व गर्न सक्दैन, भविष्यमा एक्लै छोड्नेछ र त्यसैले परिवर्तन गर्न आवश्यक छ।”

 

अब फेसबुक र मेटालाई मेटाभर्स कम्पनीको रुपमा हेरिने उनले आशा गरेका छन्। उनले अब कम्पनीको वित्तीय विवरण पनि फरक फरक रुपमा आउने बताए । मेटाका एपहरुको छुट्टै विवरण र रियालिटी ल्याबको छुट्टै विवरण आउने उनले बताए । कम्पनीले थम्ब लोगोलाई हटाएर ‘इन्फिनाइट’ आकार देखिने नयाँ लोगो कायम गरेको छ। मेटा ग्रीक शब्द हो जसको मतलब अगाडी हुन्छ । मेटाभर्स भर्चुअल रियलिटी रहेको र यो इन्टरनेटको भविष्य हुन सक्ने बताईएको छ। यसको थम्ब्स-अप “लाइक” लोगोलाई निलो इन्फिनाइट’ आकारको साथ बदल्दै कम्पनीले बिहीबार क्यालिफोर्नियाको मेन्लो पार्कमा रहेको मुख्यालयमा एउटा नयाँ चिन्ह पनि अनावरण गर्‍यो। कम्पनीले आगामी डिसेम्बर १ देखि एमभीआरएस नामबाट शेयर कारोबार हुने बताएको छ।