२०७८ मंसिर ११ , शनिवार

पोखरामा प्रयोगात्मक जलरंग चित्रकला कार्यशाला सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागको आयोजना र गण्डकी प्रज्ञा–प्रतिष्ठान गण्डकी प्रदेश, पोखराको सह आयोजनामा प्रयोगात्मक जलरंग चित्रकला कार्यशालाको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारीको सभापतित्वमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कलपति के.के.कर्मचारीज्यूले क्यानभासमा चित्र कोरेर उद्घाटन गर्नु भयो ।

उद्घाटन समारोहमा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्यचन्द्र विर्खची,नेपाल प्रज्ञा–प्रतिष्ठान शिल्पकला विभागका प्रमुख बुद्धि गुरुङ्ग,गण्डकी प्रदेशका उपकुलपति गोरे बहादरु गुरुङ्ग,गण्डकी प्रदेशका सदस्य सचिव मनकुमार श्रेष्ठ,प्राज्ञ रमेश श्रेष्ठ,सम्मानित व्यक्तित्व अग्रज कलाकारहरु यादव चन्द्र भूर्तेत तथा छेत्रलाल कायस्थ,आई.डव्लु एस इन्टरनेशनल वाटर कलर सोसाइटिका अध्यक्ष एन.वी.गुरुङ्ग,सिर्जनशिल कलाकार समूह कास्कीका उपाध्यक्ष दल बहादुर गुरुङ्ग,पोखरेली युवा साँस्कृतिक परिवार कास्कीका अध्यक्ष मोती भुजेल,वरिष्ठ कलाकार गोपाल श्रेष्ठ,हरेराम जोजी,लोक प्रसाद गुरुङ्ग,लेखक तथा कलाकार देवेन्द्र थुमकेली,बालसाहित्यकार राजेन्द्रभक्त जोशी लगायत कलाकारहरु तथा अन्य गन्यमान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य ः
प्राज्ञ बद्धि गुरुङ्ग ः कलाका विभिन्न रुपहरु हुन्छन । यसमा पनि पोखरा जलरंगको क्षेत्रमा पहिला देखिनै धेरै कलाकारहरुले काम गरेका छन । यहाँ प्राकृतिक रंगको प्रयोग भएकोले विशेष महत्व राख्दछ भन्नुभयो । गण्डकी प्रदेशका कुलपति सूर्यचन्द्र विर्खचीले नेपाल प्रज्ञा–प्रतिष्ठान कलाको विकास, प्रवद्र्धन र प्रचार प्रसारका निमित्त हर तरहले सहयोग गर्न तयार रहेको कुरा व्यक्त गर्नुभयो । यहाँ सम्म आएर जुन कार्यक्रमको आयोजना गर्नु भयो सवैलाई धन्यवाद व्यक्त गर्नु भयो । सम्मानित व्यक्तित्व श्रेत्रलाल कायस्थ कलाकारले कला सिर्जना गर्दा हिमाल, डाँडाकाडा र ताल तलैयामा बसेर गर्दा यर्थाथता दर्सिन्छ ।

गण्डगी प्रदेशका सदस्य सचिव मनकुमार श्रेष्ठ हजारौ शब्दहरुले बोल्न नसकेको कुरा एउटै चित्रले बोल्छ र समाज परिवर्तन गर्न सक्छ । यो नै कलको शक्ति हो स्यान्डल्सको उदाहरण दिदै श्रेष्ठले भन्नु भयो हजारौ रेष्टुरेण्डमा कामगर्दा पनि कुनै उपलव्धी हासिल गर्न नसकेको तर आज विश्वमा के.एफ.सिको नामले प्रसिद्ध छ । कलाको श्रेत्रमा काम गर्ने हामी कलकारहरुले समाएको लयले ३ वटै एकेडेमी आज अस्तीत्वमा रहेका छन् । नजिकेको फूल टिप्न विर्सिएका हामी टाढाको फुल खोज्दाखोज्दै जादा नजिकको कुर विर्सिएका छौ । भन्नुभयो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्य कलाको श्रेत्रमा लाग्नुभएका तपाईहरु पोखरा जस्तो सुन्दर नगरिमा जुन कार्यक्रमको आयोजना गर्न भयो यो अन्त्यन्तै महत्वपूर्ण छ । जसले कलाको विकासका लागि ज्यादै महत्व राख्दछ । जुन देशमा कलाको विकास हुन्छ त्यो देश समृद्ध हुन्छ भन्नुभयो । सभापति नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारीले आफ्नो समापन मन्तब्यमा हिलप्वाइन्ट मा.वि.मा भएको आजको यस कार्यत्रमका सहकागी कलाकारहरुलाइ धन्यवाद व्यक्त गर्दै यस क्षेत्रमा लागेका कलाकारहरुलाई आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । यस्ता कार्यत्रमहरु आगामि दिनहरुमा पनि गर्ने कुराको जानकारी गराउर्दै सम्पूर्णमा धनयवाद व्यक्त गर्नु भयो ।

यस कार्यक्रममा सहभागि कलाकार लगभग ४० जना रहेका छन् ः दल बहादुर गुरुङ्ग, ज्योति गुरुङ्ग, हेमकान्ति गुरुङ्ग, महेन्द्र प्रसाद गुरुङ्ग, हरेराम ज्योजु, आलोक गुरुङ्ग, यादव चन्द्र भुर्तेल, ढाका पराजुली, रिक गुरुङ्ग, रमेश श्रेष्ठ, निसान थापा, लक्ष्मी पुन, आकाश गुरुङ्ग, एस कुमार, गोपाल दराई, शारदा नेपाली, कमल गुरुङ्ग, अमृत कार्की, झविन्द्र गुरुङ्ग, बाबुराम वास्ताकोटी, युवराज लामिछाने, शिव सिर्पाली, माधव शाही, सुरेन्द्र अधिकारी, देवेन्द्र थुम्केली, एन.वी. गुरुङ्ग, बुद्धि गुरुङ्ग लगायत कलाकारलाई पेपर क्यानभाष, रंगलगायतका समाग्री वितरण गरिएको थियो ।