२०७८ मंसिर ११ , शनिवार

मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग २-० ले परनजित भएको छ । नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो ।

एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमण रहेको नेपालले  एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो । छनोटमा समूह बी मा रहेको नेपालले इरान, ताजिकिस्तान र लेवनानसँग खेल्नेछ । नेपालले पहिलो खेल आगामी सोमबार अक्टोबर २५ मा इरानसँग खेल्नेछ ।