२०७८ मंसिर ११ , शनिवार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

सुनाखरी न्युज/  सुनसरी – सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारी चोक स्थित पुर्व-पश्चिम राजमार्गमा ON TEST स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटी चालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा झापा दमक नगरपालिका १ की २६ बर्षीया सासा लिम्बु रहेकी छन् । हिजो राती साढे ११ बजे पुर्बबाट पश्चिम जादै गरेको उक्त स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान सँवा ३ बजे मृत्यु भएको छ ।

 

सो दर्घटनामा स्कुटी पछाडी सवार रहेकी झापा बुद्दशान्ति गाऊपालिका १ की २७ बर्षीया रेनु गुरुङ भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।