२०७८ मंसिर ११ , शनिवार

आज सुनको भाउ स्थिर

gold

सुनाखरी न्युज/ काठमाडौँ – लगातार केहि दिन बढेको सुनको भाउ स्थिर रहेको छ । कार्तिक ५ गते, शुक्रबार सुनको भाउ बिहीबारकै भाउ अर्थात् छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको छ । यस साता दशैँका कारण कार्तिक १ गते, सोमबार मात्र सुनचाँदीको मूल्य तोकिएको थियो । सो दिन सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता लागातार सुनको मूल्य बढ्यो ।

 

यसैगरी शुक्रबार चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । बिहीबार भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँमा खरिदबिक्री भएको थियो । कार्तिक लागेसँगै चाँदीको भाउ तोलामा २५ रुपैयाँले उकालो लागेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँमा तोकिएको थियो । त्यसपछि चाँदीको भाउ बिहीबारसम्म निरन्तर उकालो लागेको थियो ।