२०७८ मंसिर ११ , शनिवार

सुन तोलामा तीन सयले बढ्यो

gold

सुनाखरी न्युज/ काठमाडौं – सुनको मूल्य बिहिबार तिन सय रुपैयाँ वृद्धि भएर तोलाको ९१ हजार सात सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला मूल्य तीन सय रुपैयाँले बढेको हो।

 

सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र बुधबार ९१ हजार चार सय रुपैयाँ तोकिएको थियो । छापावाल सुन दशैंअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो । महासंघले सार्वजनिक गरेको तथ्यांकमा बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य बिहीबार एक हजार दुई सय ६० प्रतितोला रहेको छ ।