२०७८ मंसिर ११ , शनिवार

राष्ट्र बैंकले बिहीबार रिपोमार्फत वित्तीय बजारमा १० अर्ब रुपैयाँ पठाउदै

NRB#

सुनाखरी न्युज/ काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न नेपाल राष्ट्र बैंकले कार्तिक ४ गते बिहीबार आज वित्त बजारमा १० अर्ब रुपैयाँ पठाउने भएको हो। केन्द्रीय बैंकले एक हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो।

 

केन्द्रीय बैंकले ७ दिनमा कार्तिक ११ गते परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बिहीबार ३ः१५ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन्। वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ।