२०७८ मंसिर ११ , शनिवार

पोखरा ५ का सामुदायिक विद्यालयलाई अभिभावक प्रोत्साहन स्वरुप स्टेशनरी, पाठ्यपुस्तक प्रदान गरिने

सुनाखरी न्युज/ पोखरा – पोखरा महानगरपालिका वडा नं. ५ वडा शिक्षा समितिको बैठक समितिका अध्यक्ष धन बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले पोखरा ५ भुगोल भित्र रहेका सामुदायिक एवं निजी संस्थागत विद्यालयको शैक्षिक सत्र २०७७ को प्रगति विवरण २०७८ कार्तिक १५ गतेभित्र पेश गर्न निर्देशन गर्ने निर्णय गरेको छ ।

 

यो वर्षदेखि २ वटा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका अभिाभावक मध्ये विद्यालयमा पुगेर हाम्रो छोराछोरीको पढाई के कस्तो छ ? भनेर जिज्ञासा राख्ने अभिभावकका १०.१० छात्रछात्रालाई उपस्थितिका आधारमा धेरै पटक विद्यालय पुग्ने परिवारलाई ४० हजार बराबरको २.२ हजारका दरले वार्षिक प्रोत्साहन पुरस्कार स्वरुप स्टेशनरी वितरण गर्ने निर्णय गरेको छ । यस निर्णयबाट विद्यार्थीका अभिभावकलाई प्रत्यक्ष विद्यालयसँग गाढा सम्बन्ध जोड्ने र विद्यार्थीलाई पढाईमा प्रोत्साहन मिल्ने विश्वास लिइएको छ ।

 

यसैगरी अभिभावक नभएका, अपाङ्ग, उत्पीडित समुदाय, आर्थिक स्तर कमजोर भएका परिवारका ९ जना बालबच्चाहरुलाई विद्यालय भर्ना, डे«स एवं स्टेशनरी वितरण गरेको र त्यस्ता विद्यार्थीलाई निरन्तर सहयोग गर्ने निर्णय समेत गरेको छ ।