२०७८ मंसिर ११ , शनिवार

वेमौसमी बर्षाले भित्र्याउन ठिक्क पारेको धान बालीमा ठूलो क्षति, आर्थिक बृद्धिमै धक्का पुग्नसक्ने

सुनाखरी न्युज/  काठमाडौं ।

बेमौसमको वर्षाका कारण भित्र्याउन ठिक्क पारेको धान बालीमा ठूलो क्षति पुर्‍याएको छ । तीन दिनदेखि निरन्तर पानी पर्दा काटेर खेतमा राखेको धान डुवानमा परेको छ । वर्षासँगै हावा चलेकाले नकाटेको धानलाई पनि क्षति बनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो क्षति भएको छ ।  किसानहरूले काटेर खेतमा सुकाएको र कुन्यू लगाएर राखेको धान बाढीले डुबेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताए ।

 

सातै प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार पानी र हावाका कारण देशको कुल धान उत्पादन क्षेत्रफलको ७।२९ प्रतिशत क्षेत्रफलमा प्रारम्भिक असर परेको देखिएको छ ।

नेपालमा यो वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । मंगलबार अपरान्हसम्म एक लाख ८४ हजार २०० हेक्टर क्षेत्रफलमा फलाइएको धान डुबानमा परेको छ ।

दशैंको बिदामा किसानले काटेको धान भित्र्याउन पाएका थिएनन् । अहिले पनि निरन्तर पानी परिरहेको छ । कृषकले मानो उब्जार ममुरी फलाउन लगाएको परिश्रम खेरा जाने जोखिम छ ।