२०७८ मंसिर ११ , शनिवार

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

 

सिलवाललाई यसअघि मन्त्रिषरिषद्ले खेलकुद मन्त्रालयमार्फत दुई पटक स्पष्टिकरण सोधेको थियो। उक्त स्पष्टिकरण चित्तबुझ्दो नभएकाले बर्खास्त गर्ने निर्णय गरिएको हो। सिलवाल गत वर्षको साउनमा दोस्रो पटक सदस्यसचिव नियुक्त भएका थिए। उनको कार्यकाल अझै तीन वर्ष बाँकी थियो।