२०७८ मंसिर ११ , शनिवार

नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको निधन

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको अल्पआयुमा निधन भएको छ । कोरोना संक्रमणकाकारण उपचाररत महर्जनको शोमबार दिउँसो उपचारकै क्रममा मेडिसिटी अस्पतालमा निधन भएका उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

विगत केही दिनयता उहाँ कारोनाका कारण उपचभाररत हुनुहुन्थ्यो । उहाँले केही दिनअगाडि मात्रै आफ्नो फेसवुक स्टाटसमा आफू र श्रीमतिलाई समेत कोरोना संक्रमण पुपिष्ट भएकोले आफूसँग नजिक भएकाहरुलाई सतर्क रहन आग्रह गर्नुभएको थियो ।

उहाँ नेपालको सुनचाँदी, रत्न तथा आभुषण क्षेत्रको धरोहरु मानिनुहुन्छ । उहाँको निधनले सिङगो सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी मर्माहित भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रवक्ता मनोज कुमार शहाले बताउनुभयो ।