२०७८ मंसिर ११ , शनिवार

विजयादशमीको तेस्रो दिन : आज पनि मान्यजनबाट टीका लगाइँदै

सुनाखरी न्युज/ काठमाडौँ – विजयादशमको आज तेस्रो दिन । विजयादशमीका दिन नभ्याउनेहरुले आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाउँदैछन् ।

 

नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ । खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दशैँलगायतका चाडबाडमा विगतमा जस्तो कडिकडाउ गरेको छैन ।

 

दशैँ मनाउन गाउँ गएकाहरु काठमाडौँ फर्कन थालेका छन् । यो सँगै केही दिनदेखि सुनसान देखिएको काठमाडौँ उपत्यकामा फेरि चहलपहल बढेको छ ।