२०७८ कार्तिक ६ , शनिवार

म भित्रको ” म ” नै हो , एउटा सफल जिन्दगी

किरण गिरी –

म भित्र को ” म ” लाई खोजौं ।
आफै सफल छ जिन्दगी ।
म भित्र कै संसार रोजौं ।
आफै सार्थक छ जिन्दगी ।
जति सुख खोजौ , आफैमा खोजौ ।
आफू संग जे छ त्यसैमा रमाऔ ।
मस्ती भरे जिन्दगीमा ,
जीवन जिउने कला आफै भित्र छ ।

जिबनलाई स्वर्ग बनाउने कि ? नर्क बनाउने ?
त्यो पनि आफैमा निर्भर छ ।
धन सम्पत्ति भन्दा ठूलो खुसी ,
आनन्द र सन्तुष्टिमा छ ।
आफू संग जे छ त्यसैमा रमाऔं ।
जिन्दगी कहिले र कहाँनेर सकिन्छ ,
कस्ले देखेको छ र ?

हामी जिउदै जिउदो छौ आभास गर ।
प्रत्येक पल पल उल्लासमय बनाऔं ।
प्रत्येक सेकेन्ड सेकेन्डमा रमौं र रमाऔं ।
जीवन जिउने कला आफैमा खोजौ ।
नि:शुल्क प्राप्त हुने खुसी र आनन्द ,
आफैभित्र रोजौं ।

एक पटक प्राप्त जिन्दगीमा ,
खुलेर हासौं खुलेर बाचौं ।
यहि नै हो सफल जिन्दगी ।
यही हो सार्थक जिन्दगी ।

म भित्र को ” म ” लाई बुझ्दा ,
बुध्द बन्यो जिन्दगी ।
म भित्र कै ” म ” लाई जान्दा ,
राम बन्यो जिन्दगी ।
म भित्र को ” म ” लाई चिन्दा ,
भगवान बन्छ जिन्दगी ।

लेखक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।