२०७८ कार्तिक ६ , शनिवार

कोरोना अपडेटः थप ३६५ जनामा संक्रमण पुष्टि, ४ को मृत्यु

Corona

सुनाखरी न्युज/ काठमाडौं-

नेपालमा थप ३ सय ६५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का अनुसार ५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १३ हजार १७२ जना होमआइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३१५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।

यही अवधिमा थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २६१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २७५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।