२०७८ कार्तिक ६ , शनिवार

कोका–कोलाले फ्रन्टलाइन हिरोजहरुलाई “धन्यवाद”ज्ञापन गर्न अन–ग्राउन एक्टिभेसन

सुनाखरी न्युज/ काठमाडौं – सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले सबै प्रियजनहरु प्रति कृतज्ञता प्रदानगर्ने थिमका साथहालै दशैँ अभियानको लन्च गरेको छ । “धन्यवाद”शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु हो ।

 

प्रहरी र थुप्रै गैर–सरकारी संस्थाहरुले नेपालमा कोभिड–१९ विरुद्धको लडाईमाआफ्नो महत्वपूर्ण भूमिकानिर्वाह गरेका छन् । दशैंँअभियानको एक हिस्साको रूपमा, कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन शुरू गरेको छ । यसको मुख्यउद्येश्य भनेको फ्रन्टलाइन नायकहरुलाई उनीहरुलेप्रदान गरेको समर्पण र समुदायको लागीदिएको सेवाकोलागीकोका–कोलाको तर्फबाट “धन्यावाद”व्यक्तगर्नु हो। यो कृतज्ञता प्रदानगर्नको लागि कोका–कोलालेअग्रपंक्तिकानायकहरु सँग संलग्न रहेर“धन्यवाद”उपहार बक्सलाईबढ्दै छ ।यसमानयाँधन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरुमानामअंकितगरिएको छ र साथै कोका–कोलाको कन्टूर ग्लास पनियसमा समावेश रहेको छ ।

 

पहिलो एक्टिभेसनको सफलतापूर्वक आयोजना चारवटा गैर–सरकारी संस्थामागरिएको थियो । महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशकायुवाहरुको नेतृत्वमारहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए । आगामीदिनहरुमा कोका–कोलाले देशको अग्रणी नायकहरु प्रतिआभार प्रकट गर्नको लागी अस्पताल र ट्राफिक पुलिस सहित धेरै संगठनहरुको भ्रमण गर्नेछ । हामी नेपालकाअध्यक्ष सुदन गुरुङ ज्यूले भन्नुभयो , “घर भित्रै सुरक्षितरहेर बसिरहने बेलामापनिहाम्रो युवाहरुको टीमले साहसीभई स्वयंसेवकको रुपमाअरुलाई सहयोग पुर्याएको छौँ । महामारीको बेलामा, हामीले कोष उठाएका थियाँै जसको माध्यमबाट हामीले अस्पतालको ओछ्यान, अक्सिजन ट्याङक र कन्सन्ट्रेटर खाँचोमा परेका मानिसहरुलाईप्रदानगर्यौँ ं। कोका–कोला नेपालद्वारा हाम्रो प्रयासलाई स्वीकार गरीएकोमा, म र हामी नेपालको सम्पूर्ण टीम हाम्रो यात्रामा अझ बढि सशक्त र प्रेरित भएको महसुस गर्दछौं।”

 

अभियानको बारेमाबोल्दै, कोका–कोला नेपालका कन्ट्री डिरेक्टर श्री आदर्श अवस्थीज्यूले भन्नुभयो,“अग्रपंक्तिमाकामगर्नेव्यक्तिहरुले महामारीको विगत डेढ बर्षमाहाम्रो समुदायहरुमाअत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन्। उनीहरु निडर भई जीवनबचाउन र सामान्य स्थितिलाई कायम राख्नलागि परेका छन्। हामीउहाँहरुको सराहनागर्दछौं र उनीहरुको निस्वार्थ प्रयासको सलाम गरीमहामारीको समयमाउनीहरुको साहसीकार्यहरुको लागीधन्यवाद ज्ञापन गर्दछौँ। हाम्रो यो अन– ग्राउण्ड एक्टिभेसनउनीहरु प्रति कृतज्ञता देखाउन सम्पूर्ण हृदयले समर्पित रहेको छ।